निर्जीवन बीमा कम्पनीले फागुनसम्ममा आर्जन गरे २५ अर्ब रुपैयाँ बीमा शुल्क, शिखर इन्स्योरेन्स अग्रस्थानमा
काडमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीले २५ अर्ब भन्दा बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । यस अवधिमा कम्पनीहरुले १९ लाख २९ हजार ३८५ बीमालेख जारी गरी सो बीमा शुल्क संकलन गरेका हुन् ।
बीमा समितिको तथ्यांकअनुसार बीमा कम्पनीले फागुनमा मात्रै ३ अर्ब ४७ करोड ५६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । उक्त अवधिमा कम्पनीले कुल २ लाख ३८ हजार ५०१ बीमालेख जारी गरेका छन् ।
कुल बीमा शुल्क संकलनमा शिखर इन्स्योरेन्स अघि
चालु आवको फागुनसम्ममा कुल बीमा शुल्क संकलनमा शिखर इन्स्योरेन्स अग्र स्थानमा देखिएको छ । उक्त कम्पनीले ३ अर्ब १० करोड २९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । माघसम्मको तथ्यांकअनुसार पनि सबैभन्दा धेरै बीमा शुल्क संकलन शिखर इन्स्योरेन्सले नै गरेको थियो । चालु आवको माघसम्ममा शिखर इन्स्योरेन्सले कुल २ अर्ब ७६ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।
दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा २ अर्ब २२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा नेको इन्स्योरेन्स कम्पनीले १ अर्ब ९९ करोड रुपैयाँ कुल बीमा आर्जन गरेको छ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १ अर्ब ७३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब ५७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
यस्तो छ कम्पनीहरुको विस्तृत विवरण :

ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया