१५ प्रतिशतसम्म बढ्यो गाडी भाडा, कुन रुटमा कति पुग्यो ?
सरकारले अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको छ । यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार सार्वजनिक सवारीको भाडा बढाएको हो ।
नयाँ भाडादरअनुसार यात्रुबहाक सवारीको भाडा १० प्रतिशतले बढाएको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीका लागि १३ र तराइका बाटोमा सञ्चालन हुने मालबाहक सवारीका लागि १५ प्रतिशतका दरले भाडा बढाइएको यातायानत व्यवस्था विभागले जनाएको छ ।
अहिले अन्तर्राष्ट्रिय रुपमा उच्च रुपमा बढेको पेट्रोलको मूल्यअनुसार लामो दूरीमा चल्ने सवारीको भाडा बढाउने निर्णय भएको हो । डिजल–पेट्रोलको मूल्यले नयाँ रेकर्ड कायम गर्ने क्रम चलिरहँदा यातायात व्यवसायीले मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गर्दै आएका थिए । २७ असार २०७८ मा सरकारले सार्वजनिक सवारीको भाडा बढाएयता डिजल–पेट्रोलको मूल्य प्रतिलिटिर ३४ रुपैयाँले बढिसकेको छ ।
असारमा भाडा समायोजन गर्दा पेट्रोलको मूल्य लिटरमा १२१ र डिजल १०४ रुपैयाँ प्रतिलिटर थियो । पेट्रोलको मूल्य अहिले प्रतिलिटर १५५ रुपैयाँ र डिजेल प्रतिलिटर १३८ रुपैयाँ पुगेको छ ।
कुन रूटमा कति बढ्यो भाडा ? यस्तो छ :
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया