ओलीको आरोप, ‘लिम्पियाधुरासहितको चुच्चे नक्सा हटाएर देउवाले राष्ट्रिय दलाली गरे’
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भारतस्थित नेपाली दूतवासबाट प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको चुच्चे नक्सा हटाएर दलाली गरेको आरोप लगाएका छन् ।
बुद्धिजीवी परिषद्को १० औं महाधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्दै उनले दूतवासमा चुच्चे नभइ बुच्चे नक्सा राखिएको बताए ।
‘सम्मानित प्रधानमन्त्रीले प्रकाशित गरेको सय दिनको कामको विवरणमा लिम्पियाधुरासहितको चुच्चे नक्सा हटाइयो । भौगोलिक अखण्डताप्रतिको योभन्दा ठूलो खेलबाड के हुन्छ ?’, ओलीले प्रश्न गरे, ‘हिजोमात्रै भारत भ्रमणका क्रममा नेपाली दूतावासमा राखिएका चुच्चे नक्सा हटाएर बुच्चे नक्सा राखिएको छ । योभन्दा राष्ट्रिय दलाली, राष्ट्रिय गौरव र शीर निहु¥याउने लज्जाजनक काम के हुन्छ ?’
ओलीले स्वदेश फर्किने क्रममा चुच्चे नक्सा राख्ने कि नराख्ने भनि प्रधानमन्त्रीसँग प्रश्नसमेत गरेका छन् । चुनावको मुखमा भारत भ्रमण गरेकोप्रति असन्तुष्टि जनाउँदै उनले राष्ट्रिय बेइमानीका लागि गएको हो भनि प्रश्न गरेका छन् ।
प्रधानमन्त्री देउवा स्वदेश फर्किएपछि यसबारेमा आफूले प्रधामन्त्रीसँग प्रश्नको जवाफ माग्ने बताएका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया