मधेस पुगेर प्रचण्डले भने, ‘एमालेका कारण नागरिकता विधेयक रोकियो’
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेले संसद अवरूद्ध गरेको कारण नागरिकता संशोधन हुन नसकेको आरोप लगाएका छन् ।
विभिन्न कार्यक्रमका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाम पुगेका अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको सरकारले नागरिकता संशोधन विधेयक दुईपटक संसद्मा पेश गरेपनि एमालेले पारित हुन नदिएको आरोप लगाए ।
‘मधेसी समुदायको समस्याको रूपमा रहेको नागरिकता विधेयक म आफैँले दुईपटक संसद्मा पेश गरेको थिएँ । तर सम्मानित सार्वोच्च अदालतले नागरिकता विधेयक गम्भीर विषय भएकोले संसद्मा वृहत छलफल हुनुपर्ने आदेश दिएकाले स्थगित भयो’, उनले भने, ‘संसद्मा छलफल गर्न एमालेले दिएको छैन । उनीहरूले निरन्तर जनप्रतिनिधिको थलो (संसद्) अवरोध गर्दा काम अगाडि बढ्न सकेको छैन । संसद खुलेपछि जसरी पनि नागरिकता विधेयक अगाडि बढाइन्छ ।’
अध्यक्ष प्रचण्डले बयलगाडा चढेर अमेरिका जाने परिवर्तनविरोधी शक्तिहरूले प्राप्त उपलब्धिलाई समाप्त पार्न निरन्तर षड्यन्त्र गरिरहेकाले त्यसविरुद्ध उत्रिन आग्रहसमेत गरे ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया