NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

मधेस पुगेर प्रचण्डले भने, ‘एमालेका कारण नागरिकता विधेयक रोकियो’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेले संसद अवरूद्ध गरेको कारण नागरिकता संशोधन हुन नसकेको आरोप लगाएका छन् ।

विभिन्न कार्यक्रमका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाम पुगेका अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको सरकारले नागरिकता संशोधन विधेयक दुईपटक संसद्मा पेश गरेपनि एमालेले पारित हुन नदिएको आरोप लगाए ।

‘मधेसी समुदायको समस्याको रूपमा रहेको नागरिकता विधेयक म आफैँले दुईपटक संसद्मा पेश गरेको थिएँ । तर सम्मानित सार्वोच्च अदालतले नागरिकता विधेयक गम्भीर विषय भएकोले संसद्मा वृहत छलफल हुनुपर्ने आदेश दिएकाले स्थगित भयो’, उनले भने, ‘संसद्मा छलफल गर्न एमालेले दिएको छैन । उनीहरूले निरन्तर जनप्रतिनिधिको थलो (संसद्) अवरोध गर्दा काम अगाडि बढ्न सकेको छैन । संसद खुलेपछि जसरी पनि नागरिकता विधेयक अगाडि बढाइन्छ ।’

अध्यक्ष प्रचण्डले बयलगाडा चढेर अमेरिका जाने परिवर्तनविरोधी शक्तिहरूले प्राप्त उपलब्धिलाई समाप्त पार्न निरन्तर षड्यन्त्र गरिरहेकाले त्यसविरुद्ध उत्रिन आग्रहसमेत गरे ।