प्रदेशलाई समृद्ध बनाउन महिलालाई सक्षम बनाउनुपर्छ : मुख्यमन्त्री राउत
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई समृद्ध बनाउन महिलालाई सक्षम र योग्य बनाउनु आवश्यक रहेको बताएका छन् ।
प्रदेशसभाको आज बसेको बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश बालिका संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्रदेशसभा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै उनले महिलालाई सक्षम र योग्य नबनाएसम्म प्रदेश र समाज समृद्ध बन्न नसक्ने बताए ।
समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आइनसकेकाले महिलालाई सक्षम, सबल र योग्य बनाउन सरकारले हरेक निकायमा महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको उल्लेख गरे । उनले प्रदेश सरकार स्थापना भएदेखि महिलाको समान सहभागिताको सवालमा गम्भीरतापूर्वक कार्य गर्दै आएको दाबी गरे ।
“छोरी जन्मिएपछि आमाबुबा दु:खी हुने र छोरा जन्मिएपछि खुसी मनाउने परिपाटी देखिएको छ”, मुख्यमन्त्री राउतले भने, “समाजमा छोरीलाई हेरिने दृष्टिकोण परिवर्तन ल्याउन र छोरीलाई पनि छोरासरह सक्षम बनाउन छोरी बीमा कार्यक्रम, साइकल वितरण, लोकसेवा कक्षा सञ्चालनलगायत कार्य गर्दै आएको छ ।” प्रदेशको आठवटै जिल्लाका आठ हजार छोरीलाई ल्यापटप वितरण गर्ने योजना ल्याएको मुख्यमन्त्री राउतको भनाइ थियो ।
छोरीप्रतिको सामाजिक धारणामा परिवर्तन ल्याउन र छोरीलाई पनि सक्षम बनाउन सरकारले विधेयक ल्याएको उल्लेख गर्दै उनले विधेयक पारित गर्न आग्रह गरे ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया