बाघले लियो युवकको ज्यान
चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–९ बाँदरझुलाका३९ वर्षीय सुरेश विक रहेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
भरतपुर महानगरपालिका–२३ स्थित सो निकुञ्जको दोभान मध्यवर्ती सामुदायिक वनमा आइतबार साँझ विकलाई बाघले आक्रमण गरेको थियो । आफन्तको घरमा बस्दै आएका उनलाई घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको निकुञ्जका सूचना अधिकारी तिवारीले बताए । बाघको आक्रमणबाट विकको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ ।
विकको शव नजिकैको हरियाली सामुदायिक वनमा भेटिएको निकुञ्जले जनाएको छ ।
ताजा अपडेट
-
झापामा पूर्वशिक्षकबाटै एरिनाबाट गोली प्रहार भएको खुलासा
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
प्रतिक्रिया