एमालेको रणनीति : माओवादी केन्द्रसँग गठबन्धन, माधव नेपालसँग प्रतिशोध
काठमाडौँ । सत्तारुढ दलहरुले चुनावी तालमेलको निर्णय गरेपनि माओवादी केन्द्र र नेकपा एमालेले चुनावी तालमेलको सम्भावना कायम रहेको बताएका छन् ।
एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरुले दुई पार्टीवीच तालमेल गर्नेबारे छलफल गरिरहेका छन् । छलफलमा माओवादी केन्द्रले माधवकुमार नेपाल नेतृत्वको नेकपा एसलाई पनि सँगै लैजाने प्रस्ताव लगेको छ ।
एमालेले भने फरक पार्टीको रुपमा नेकपा एकिकृत समाजवादीसँग तालमेल गर्न नसकिने अडान राखेको छ । एमालेसँग संवादमा रहेका माओवादी केन्द्रका एक नेताले भने, ‘एमालेका दोस्रो तहका साथीहरु तीन चरणको निर्वाचनमा वाम तालमेलको पक्षमा देखिनुभएको छ । तर केपी शर्मा ओलीले विगतका केहि निर्णयहरुमा आत्मआलोचना गर्नुपर्छ भन्ने हाम्रो माग छ ।’
उनले वाम तालमेल भएर जाँदा भविष्यमा पार्टी एकताको समेत आधार बन्ने, कम्युनिष्ट नेता कार्यकर्ता पनि कम्युनिष्ट पार्टी एकताको पक्षमा रहेको तर अध्यक्ष ओलीको व्यवहार नै त्यसको बाधक देखिएको बताए ।
एमालेका नेताहरुले भने चुनावी तालमेलमा जाँदा विगतका विषयहरु जोडेर उछाल्न नहुनेमा जोड दिएका छन् । ‘यो चुनावी तालमेलको कुरा हो, भोली पार्टी एकता हुने नहुने फरक सन्दर्भ हो, अहिले एकले अर्कोलाई कमजोर देखाउने कामतिर नलागौँ ।’ एमालेको जवाफ छ ।
यस्तै एमाले नेताहरुले आफैँसँग विभाजन भएको गएको पार्टीसँग चुनावी तालमेल गरेर जाँदा राम्रो सन्देश नजाने भन्दै माधवकुमार नेपालसँग भने तालमेलमा अघि बढ्न नसकिने प्रष्ट पारेको छ । पार्टी विभाजनपछि यो पहिलो निर्वाचन हो ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया