बुचामा रुसले ‘नरसंहार’ गरेको युक्रेनको दाबी
किएभ । यूक्रेनले रुसी सेनालाई बुचामा ‘जानीजानी नरसंहार’ गरेको आरोप लगाएको छ ।
यूक्रेनी सेनाको शसक्त प्रतिरोधपछि रूसी सेनाले राजधानी किएभबाट विस्तारै पछि हट्दै गरेको समयमा किएभ वरिपरि रूसले गरेको गैरसैनिक व्यक्तिको हत्याका प्रमाणहरू देखा परेका छन् ।
एएफपी संवाददाताहरूले बुचाको एउटा सडक छेउमा गैर-सैनिक पहिरन लगाएका कम्तीमा पनि २० वटा लास देखेको बताएका छन् । ती मृत शरिरमा एउटा शव हात पछाडि सेतो कपडाले बाँधेको अवस्थामा नजिकै यूक्रेनी पासपोर्टसहित भेटिएको पुष्टि गरेका छन् ।
जर्मनीले आइतबार बुचामा नागरिकहरूको हत्यालाई ‘भयानक युद्ध अपराध’को रूपमा निन्दा गरेको छ र रूसविरुद्ध नयाँ प्रतिबन्धको लागि आह्वान गरेको छ । यसैबीच बेलायतले उक्त घटनालाई युद्ध अपराधको रूपमा ‘भयावह कार्यहरू’को अनुसन्धानका लागि आह्वान गरेको छ ।
हालै रूसी सेनाबाट यूक्रेनी सेनाले फिर्ता लिएको किएभ नजिकैको बुचा सहरस्थित सामूहिक चिहानमा ५७ जनाको शव गाडिएको अवस्थामा भेटिएको स्थानीय अधिकारीले एएफपीलाई बताएका छन् ।
बुचामा उद्धार सेवाका प्रमुखको रूपमा आफूलाई चिनाउने सेरही काप्लिच्नीले भने, ‘यहाँ यो लामो चिहानमा ५७ जनाको शव गाडिएको छ ।’ सहरको मध्यभागमा रहेको चर्चको पछाडि सामूहिक चिहान रहेको छ ।
जमिनमुनि गाडिएका शवमध्ये करीब १० वटा लासलाई माटोले आधा पुरिएको अवस्थामा देखिएको थियो । सामूहिक चिहानमा भेटिएकामध्ये केही लासहरू कालो जिपरभएको झोलासहित सुरक्षाकर्मीको पहिरनमा थिए भने अरूचाहिं सामान्य पहिरनमा थिए ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया