NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

सुनको मूल्य पुनः घट्यो

काठमाडाैं । आइतबार बढेको सुनको मूल्य सोमबार पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा चार सय रूपैयाँ घटेको सुनको मूल्य आज ६ सय रूपैयाँ घटेको छ ।

महासंघका अनुसार आइतबार तोलामा ९९ हजार तीन सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज ९८ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । आज तेजावी सुन तोलामा ९८ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुन प्रतितोला ९८ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आइतबार स्थिर चाँदीको मूल्य आज १० रूपैयाँ घटेको छ।

महासंघका अनुसार आज चाँदी एक हजार ३५० रूपैयाँमा कारोबार भइरहेको हो । आइतबार चाँदी तोलामा एक हजार तीन सय ६० रूपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासंघले दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।