सशस्त्रको असईको अन्तिम नतिजा सार्वजनिक, को–को भए सफल ?

काठमाडौं । सशस्त्र प्रहरी बलको सहायक प्रहरी निरीक्षक (असई)को अन्तिम नतिजा सार्वजनिक भएको छ । लिखित परीक्षाबाट छनोट भएकाको केही दिनअघि अन्तर्वार्ता लिइएकोमा अन्तिम नतिजा सार्वजनिक गरिएको हो ।
लिखित परीक्षाको प्राप्तांक, शैक्षिक योग्यताबापतको अंक र अन्तर्वार्ता परीक्षाको प्राप्तांकको कुल अंकका आधारमा असई छनोट गरेको सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालयले जनाएको छ ।
सशस्त्र प्रहरी बलका अनुसार, खुलातर्फ ७७ जना सफल भएका छन् । महिलातर्फ १३, आदिवासी जनजातितर्फ २०, मधेसीतर्फ १४, दलिततर्फ ९, पिछडिएको क्षेत्रबाट ३ र अमर अबक्त सशस्त्र प्रहरी सन्नतिबाट १ जना सिफारिस भएका छन् ।
छनोट भएकालाई चैत २४ गते नागरिकतालगायत कागजातसहित सम्पर्क गर्न भनिएको छ ।
ताजा अपडेट
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
प्रतिक्रिया