भन्सार एजेन्टको स्थगित लिखित परीक्षा वैशाख १७ गते
काठमाडौं । भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षाको तालिका पुनः सार्वजनिक गरेको छ । विभागले आज एक सुचना जारी गर्दै परीक्षा हुनेबारे जानकारी दिएको हो ।
परीक्षा आउँदो वैशाख १७ गते शनिबारका दिन दिउँसो दुइ बजेबाट सञ्चालन हुने विभागले जनाएको छ । विभागले यसअघि फागुन २८ गते सञ्चालन गर्ने गरी तोकिएको परीक्षा उच्च अदालतले पाटनको अल्पकालिन अन्तरिम आदेशको कारण गत फागुन २६ गते उक्त लिखित परीक्षा स्थगित गरिएको थियो ।
सोही परीक्षा १३ गतेको अदालतद्वारा सुनुवाइबाट अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता नदिई आदेश जारी नगर्ने आदेश भएकाले परीक्षाको मिति पुनः सार्वजनिक गरेको हो ।
विभागका अनुसार परीक्षा केन्द्र भने विभागले पछि प्रकाशन गर्ने छ ।
ताजा अपडेट
-
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण
-
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
-
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता
-
काठमाडौँ–दिल्ली परराष्ट्रमन्त्रीस्तरीय वार्ता: प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति


प्रतिक्रिया