NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

बक्स अफिसमा आरआरआरको कमाइ पाँच सय करोड नाघ्यो

एजेन्सी । गत २५ मार्चमा प्रदर्शनमा आएको फिल्म आरआरआरले बक्स अफिसमा बम्पर सुरुवात गरेको छ । पाँच सय ५० करोड बजटमा बनेको यो फिल्मले पहिलो दिनमै विश्वभरबाट दुई सय करोडको बक्स अफिस कलेक्सन गरेको थियो ।

फिल्म रिलिजको पहिलो सातादेखि अहिलेसम्म फिल्मले ७ सय १० करोडको कलेक्सन गरिसकेको छ । अर्थात् यो फिल्मले यसअघि एस एस राजामौलीकै निर्देशनमा बनेको फिल्म बाहुबली : द बिगिनिंको लाइफटाइम कलेक्सनलाई पनि पछाडि पारेको छ ।

बाहुबली : द बिगिनिंको हालसम्मको कमाइ ६ सय ५० करोड थियो । बाहुबली पछि निर्देशक राजामौलीको आर आर आर चार वर्ष लगाएर निर्देशन गरेका हुन् ।
बक्स अफिसमा पाँच सय करोड कलेक्सन पार गर्नेमा सुल्तान, दंगल, बाहुबली, सञ्जु, पद्मावतलगयत छन् ।