NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

भारतबाट बढेर आयो ग्याँसको मूल्य, नेपालमा के होला ?

काठमाडाैं । इन्डियन आयल कर्पोरेशन (आइओसी) ले एलपी ग्याँसको मूल्य प्रसिसिलिण्डर २७३ रुपैयाँ ३८ पैसाले बढाएर पठाएको छ । आइओसीले शुक्रबार मात्रै नयाँ मूल्य समायोजन गरी पठाएको हो ।

नयाँ मूल्य अनुसार पेट्रोल भने प्रतिलिटर एक रूपैयाँ ४८ पैसा घटेर आएको छ । नेपाल आयल निगमका अनुसार डिजेल ० रूपैयाँ ०२ पैसा, मट्टीतेल २२ रूपैयाँ १९ पैसा, हवाइ इन्धन ४ रूपैयाँ २३ पैसाले बढेर आएको छ । नयाँ मूल्य समायोजनपछि आगामी १५ दिनमा निगमलाई करिब ५ अर्ब २१ करोड घाटा हुने स्थिति देखिएको निगमले जनाएको छ ।

भारतबाट इन्धनको मूल्य बढाए पठाएपछि नेपालमा स्वतः मूल्य बढ्ने गर्दछ । तर यसपटक निगमले मूल्य समयोजन गरेको छैन । हाल निगमका कार्यकारी निर्देशकसहितको टोली एनओसी–आइओसी सम्झौता नविकरण गर्न भारतमा रहेकाे कारण मूल्यसमयोजन हुन नसकेको निगमका सहप्रवक्ता पुश्कर कार्कीले जानकारी दिए । नयाँ मूल्यअनुसार निगमलाई ग्याँसमा प्रतिसिलिण्डर ९५३ रुपैयाँ ६६ पैसा घाटा हुने जनाएको छ । निगमका अनुसार १५ दिनमा निगमलाई ग्याँसमा मात्रै एक अर्ब ८१ करोड घाटा हुने छ ।

ग्याँसको मूल्य घट्ने वा बढ्नेबारे निगमले कुनै पनि निर्णय गरिसकेको छैन । तर निगमको चुलिदो घाटालाई हेर्दा गर्दा भाउ बढ्ने निश्चित छ । चालु आर्थिक वर्षको हालसम्म निगमले करिब ३२ अर्ब नोक्सानी व्योहोरिसकेको छ ।

पछिल्लो मूल्य प्राप्त भएपश्चात निगमलाई प्रतिमहिना करिब १० अर्बभन्दा बढी नोक्सानी हुने स्थिति छ । निगमको सञ्चिती रकम र अन्य दायित्व रकमहरु सबै पेट्रोलियम पदार्थको खरिदमा सकिएपछि निगमले नेपाल सरकार मातहातमा रहेको मूल्य स्थतिकरण कोष तथा इन्धन बिक्रीबाट प्राप्त रकम संकलन गरी आइओसीलाई पेट्रोलियम पदार्थ खरिद बापतकाे रकम भुक्तानी गरिरेहको छ ।

ताजा अपडेट

नेपालवाच विशेष