राष्ट्र बैंकद्वारा लिखित परीक्षाको तालिका सार्वजनिक
काठमाडौं । नेपाल राष्ट्र बैंकले लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ । खुला प्रतियोगिात्मक परीक्षामार्फत रिक्त पदपूर्तिका लागि गत मसिंर २४ गते लोक सेवा आयोगद्वारा प्रकाशित विज्ञापनको लिखित परीक्षा सञ्चालन हुने भएको बैंकले सूचनामार्फत जानकारी गराएको छ ।
राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै परीक्षा कार्यक्रमबारे जानकारी दिएको हो । राष्ट्र बैंकले सहायक निर्देशक, प्रशासन, अधिकृतअन्तर्गत अधिकृत तृतीय लेखा÷लेखापरीक्षण, वाणिज्य कानुन, सूचना प्रविधिको रिक्त पदमा लिखित परीक्षा सञ्चालन गर्ने भएको छ । त्यसैगरी सहायक निर्देशक प्रशासन अधिकृत तृतीय, सहायक प्रशासन द्धितीय तहमा परीक्षा सञ्चालन हुन लागेको हो ।
बैंकका अनुसार परीक्षा केन्द्रसम्बन्धी जानकारी बैंकले आफ्नो वेबसाइटमा पछि प्रकाशन गर्नेछ । थप जानकारीका लागि बैंक र लोकसेवा आयोगको वेबसाइट मार्फत हेर्न सकिनेछ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया