काेभिडका कारण रोकिएका नेपाली विद्यार्थीले पुनः विदेशमा गएर अध्ययन गर्न पाउने

काठमाडौं । चीनलगायतका विभिन्न मूलुकमा अध्ययनरत नेपाली विद्यार्थीलाई नेपाल सरकारले पुनः विदेशमा गएर अध्ययन गर्ने व्यवस्था मिलाउने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज सूचना जारी गर्दै अध्ययन गर्न जान नपाएका विद्यार्थीलाई निवेदन दिन सक्नेबारे जानकारी गराएको हो ।
कोभिड–१९ महामारीमा नेपाल आएका र बन्दाबन्दीका कारण विदेशमा उच्च शिक्षाका विभिन्न शैक्षिक कार्यक्रमहरुमा अध्ययनरत विद्याथी पुनः अध्ययन गर्न जान पाएका थिएनन् । मन्त्रालयका अनुसार बन्दाबन्दीको कारण अध्ययन गर्न जान नपाइएका विद्यार्थीहरुले मन्त्रालयको सूचना पाटी वा वेबसाइटमा राखिएको निवेदनको ढाँचामा उल्लिखित विवरण खुलाई निवेदन दिनुपर्ने छ ।
निवेदन आउँदो २५ गते भित्र मन्त्रालयको प्राविधिक शिक्षा शाखाको इमेलमार्फत पठाउन सक्नेछन् । यसबारे थप जानकारीका लागि मन्त्रालयको वेबसाइटका गएर हेर्न सकिने छ ।
प्रतिक्रिया