NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

स्वस्थ र आकर्षक स्किनका लागि ५ टिप्स

काठमाडौँ । गर्मी मौसममा चार्को घामको किरणले स्किनलाई हानि गर्छ । त्यस्तै, चर्को घामकै कारण शरीरमा उत्पन्न हुने पसिनाले पनि छालामा विभिन्न समस्या सिर्जना गर्छ । त्यसैले गर्मी मौसममा आफ्नो छालाको सुरक्षाका लागि यस्ता केही टिप्स फलो गर्दा राम्रो हुन्छ :

भिटामिन सीको प्रयोग
स्वास्थ्यका लागि भिटामिन सी निकै महत्वपूर्ण मानिन्छ । तर, यसले शारीरिक स्वास्थ्य मात्र नभई छाला चम्किलो बनाउन पनि महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले स्वस्थ छालाका लागि गर्मी मौसममा पर्याप्त मात्रामा भिटामिन सीयुक्त खाद्यपदार्थको प्रयोग गर्नुपर्छ । सुन्तला, कागती, अमला, अंगुर, टमाटरलगायतबाट यस्तो तत्व पाउन सकिन्छ ।

डेड स्किन
गर्मीमा डेड स्किन सेल्सले तपाईंलाई कुरूप बनाउन सक्छ । त्यसैले छालालाई यसबाट हुने हानिबाट जोगाउनुपर्ने हुन्छ, जसका लागि प्राकृतिक विधिको सहारा लिन सकिन्छ । कफी, दही, बेकिङ सोडा, चिनी आदिको प्रयोग गर्दा यस्तो समस्याबाट मुक्त हुन सहयोग पुग्छ । यस्ता खाद्यपदार्थले डेड स्किनको सम्भावित खतरालाई घटाउने काम गर्छ ।

सन्सक्रिम
गर्मीमा चर्को घामको किरणले शरीरमा सीधा असर पार्छ । त्यसैले घरबाट बाहिर निस्कने समय सन्सक्रिम प्रयोग गर्न जरुरी हुन्छ ।

ओठ र आँखाको सुरक्षा
प्राय मानिसले आफ्नो ओठ र आँखामा निकै कम ध्यान दिने गर्छन् । तर, गर्मी मौसममा ओठ र आँखामा पनि विभिन्न असर पर्ने गर्छ । त्यसैले घरबाट बाहिर निस्कँदा घामबाट बच्न आँखामा सनग्लास र ओठमा सनप्रोटेक्टिभ वामको प्रयोग गर्नुपर्छ ।

कस्मेटिक सामग्री
गर्मी मौसममा सकेसम्म बाहिरी प्रडक्ट कम प्रयोग गर्नुपर्छ । किनकि, यसमा प्रयोग भएका केमिकलले बिस्तारै अनुहारमा खराब असर पुर्‍याउने गर्छन् । त्यसैले बढीभन्दा बढी घरेलु उपचारको प्रयोग गर्दा राम्रो हुन्छ ।