भागबण्डा मिलाउन गठबन्धन दलहरूको बैठक बालुवाटारमा जारी
काठमाडौं । स्थानीय तहको चुनावमा भागबण्डा मिलाउन गठबन्धन दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
चुनाव नजिकिदै गर्दा सत्तारूढ पाँच दलहरूले आ–आफ्नै तयारी गरेपनि साझा उम्मेदवार छनोटका विषयमा अहिलेसम्म मापदण्ड बनाउन सकेको छैन ।
चैत १७ मा बसेको सत्ता गठबन्धनको बैठकले प्रदेश, जिल्ला र पालिका तहसम्म चुनावी तालमेल गर्ने सहमति गरेको थियो । चुनावी तालमेलबारे रिपोर्ट पेश गर्न आजसम्मको समय दिएको थियो ।
आजको बैठकले साझा उम्मेदवार चयन, मोडालिटी र भागबण्ड मिलाउने विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गठबन्धन दलमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा कांग्रेससँग चुनावी तालमेल गर्ने पक्षमा रहेकपनि सत्ता नेतृत्व दल कांग्रेसभित्र तिब्र मतभेद रहेको छ ।
चुनावी तालमेलमा प्रधानमन्त्री सकारात्मक भएपनि कांग्रेसका स्थानीय समिति नेतृत्वप्रति असन्तुष्ट रहेका छन् । ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा माओवादीकेन्द्र र एकीकृत समाजवादीले हैसियत भन्दा बढी भागबण्डा खोजेको आरोप लगाउँदै कांग्रेसभित्र शेखरपक्षले विरोध जनाएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि कांग्रेसलाई दवावमा राख्न आफूले भनेजस्तो नभए एमालेसँग सहकार्य हुन सक्ने चेतावनी दिँदै आएका छन् । माओवादीले कांग्रेससँग बार्गेनिङ गरी बढी सिटमा दाबी गर्न पनि एमालेसँग मिल्न सक्ने कार्ड फ्याँकेकाे हाे ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया