दलले आचारसंहिता पालना गर्नेमा आयोगको शंका, लिखित प्रतिबद्धता मागिँदै

काठमाडौं । निर्वाचन आयोगले स्वीकृत आचारसंहिता प्रभावकारी कार्यान्वायन गर्नका लागि निर्वाचनमा भाग लिने ७९ राजनीतिक दलहरूसँग लिखित् प्रतिबद्धता माग्ने भएको छ । आचारसंहिता कडाइसाथ पालना गर्न निर्वाचनमा भाग लिने सबै राजनीतिक दलका पदाधिकारीलाई केहीबेरमा बोलाइएको हो ।
आचारसंहिता पालनामा आयोगले निर्देशन दिनुभन्दा पनि सम्बन्धित दलहरूले लिखित प्रतिबद्धता जनाएको खण्डमा प्रभावकारी कार्यान्वयन हुने आयोगको विश्वास रहेको छ ।
चुनावको मिति नजिकिँदै जाँदा दलहरूले आचारसंहिताविपरीत चुनावी गतिविधि नहोस् भन्नका लागि दलहरूलाई लिखित् रूपमा सचेत गराउन लागिएको प्रवक्ता शालिग्राम शर्मा पाैडेलले बताए ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया