NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

विभूषण सुशोभन समारोह वैशाख १ मा हुँदै, उपस्थित हुँदा निम्न पोशाक अनिवार्य

काठमाडाैं । राष्ट्रपतिबाट संविधान दिवसका दिन घोषित विभूषणरुमध्ये मानपदवी प्राप्त गर्नेहरुलाई आउँदो वैशाख १ गते बिहीबार विभुषित गर्ने भएको छ । सो दिन राष्ट्रपतिको कार्यलायमा उपस्थित हुनको लागि प्रवेश पत्र अनिवार्य गरेको छ ।

गृहमन्त्रालयले एक सूचना जारी गरी  सुशोभन समारोहको प्रवेशपत्र लिनको लागि अनुराेध गरेको छ । प्रवेशपत्र लिनको लागि चैत्र २३ गतेदेखि २८ गतेसम्म नेपाल सरकार, गृहमन्त्रालय, सिंहदरबारमा आ–आफ्नो परिचय खुल्ने गरी नागरिकतासहित सम्पर्कमा आउन मन्त्रालयले सबैलाई सूचित गरेको छ ।

सम्बन्धित जिल्ला प्रशासन कार्यालयले पनि यसै सूचनालाई आधार मानी आ–आफ्नो जिल्लाका मानपदवी प्राप्त गर्नेहरुलाई समारोहमा तोकिएको पोशाकसहित उपस्थितका लागि खबर गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयका अनुसार निजामतीतर्फ ग्रे कोट/कालो कोटसहितको औपचारिक पोशाकमा पट्टासहित मानपदवी २ र अलंकार पदकहरु अनिवार्य गरेको छ भने नेपाली सेना/नेपाल प्रहरी/सशस्त्र प्रहरी बल, नेपालतर्फ ट्युनिक, एक्युलेट ग्याठ बुट, मानपदवी–२, अलंकार र पदकसहित उपस्थित हुनुपर्ने छ ।

समारोहमा हिमाल, पहाड र तराइमा लगाइने आ–आफ्नो परम्परा र संस्कृतिअनुसारको जातजाति, भाषा, धर्म र संस्कृति झल्काउने पोशक वा नेपाली पोशक लगाउन सक्ने मन्त्रालयले जनाएको छ ।