माधव नेपालको क्षेत्रमा कांग्रेसबाट वडाअध्यक्ष जितेका नेता एमाले प्रवेश
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको चुनावी क्षेत्रबाट गत स्थानीय तहमा कांग्रेसबाट वडाअध्यक्ष जितेकासहित दर्जनौं कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।
गत चुनावमा कागेश्वर मनोहरा ७ बाट वडा अध्यक्ष जितेका जीवन थापासहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।
एमाले वाग्मती प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले थापासहितका दर्जनौं नेकपा एस र कांग्रेससहितका दलका दर्जनौं कार्यकर्तालाई एमाले प्रवेश गराएका हुन् ।
आगामी निर्वाचनमा कांग्रेस, नेकपा एस, माओवादीसहितका दल मिलेर चुनावी गठबन्धन बनाउने तयारी भइरहेका बेला दर्जनौं नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हु्न् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया