युक्रेनको हाचिको: रुसी सेनाले हत्या गरेका मालिकको शव छोड्न मानेन
किएभ । हालै नेक्स्टा मिडिया संगठनले पोस्ट गरेको एक तस्बिरमा एउटा कुकुर युक्रेनको किएभ क्षेत्रमा आफ्नो मालिकको शवको छेउमा बसेको देखिन्छ ।
पूर्वी युरोपेली मिडिया संगठन (नेक्स्टा)का अनुसार ती व्यक्तिलाई रुसी सेनाले मारेको थियो । सेनाले आफ्नो मालिकको हत्या गरेपछि पनि कुकुरले त्यहीँ कुरेर बसिरह्यो ।
यो फोटोले सन् १९३० को दशकमा आफ्ना मालिकको मृत्युपछि नौ वर्षसम्म आफ्नो मालिकको प्रतीक्षा गर्ने जापानी कुकुर हाचिकोको कथाको सम्झना गराउँछ ।
युक्रेन र रुसबीच भएको युद्धका क्रममा किएभनजिकैका क्षेत्रबाट रुसी सेना फर्किएपछि त्यहाँ डरलाग्दो मानवीय क्षतिका तस्बिरहरु सार्वजनिक भइरहेका छन् । यीमध्ये ३७ हजार मानिस बसोबास गर्ने बुचा नगरबाट रुस फर्किएपछि युक्रेनी सेना बुचा पुगेको थियो ।
उनीह्ररु त्यहाँ पुग्दा भौतिक संरचना, युद्धका सवारीहरु क्षतिग्रस्त भएको विध्वांसात्मक दृश्यहरु देखे । सेना र स्थानीयले बुचाका सडकमा लडिरहेका हात पछाडि बाँधेर हत्या गरेका २० वटा शव देखेका थिए ।
त्यसबाहेक सोमबार त्यहाँ पुगेका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले तीन सय सर्वसाधारणको हत्या भएको दाबी गरेका छन् साथै अन्तर्राष्ट्रिय समुदायले यसलाई रुसले गरेको नरसंहार भन्दै आक्रोश व्यक्त गरेका छन् ।
The dog does not leave its owner, who was killed by the #Russian invaders. #Kyiv region. pic.twitter.com/dnVV1X7XLG
— NEXTA (@nexta_tv) April 4, 2022
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया