विद्यालय जाँदै गरेकी छात्राको बाटैमा हत्या !
काठमाडौं । विद्यालय जाँदै गरेकी एक छात्राको बाटैमा हत्या भएको छ । उदयपुरको बेलका नगरपालिका–३ मा एक छात्राको हत्या भएको हो ।
कोशी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत कविता सुनुवारको यसोदा खोलामा हत्या भएको विद्यालयका प्रधानाध्यापक सूर्यनारायण साह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेतले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै जनाएका छन् ।
‘उनी विद्यालय आउने क्रममा बाटोमै क्रुर र हिंस्रक ढंगले हत्या भएको छ । यस किसिमका घटना बलका नगरको सुरक्षा संवेदनशीलतामा प्रश्न उठाएको छ’, विज्ञप्तिमा भनिएको छ ।
उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी अपराधी पत्ता लगाउन र कडा सजाय दिन मागसमेत गरेका छन् ।

ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया