कार्यभार सम्हालेलगत्तै तरुण दल अध्यक्षले गरेको सर्कुलरमा के छ ?
काठमाडौं । कांग्रेसको युवा संगठन नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले कार्यभार सम्हालेलगत्तै जिल्लालाई सर्कुलर पठाएका छन् । गुरुङले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन र सांगठनिक गतिविधिलाई केन्द्रमा राख्दै सर्कुलर पठाएका हु्न् ।
निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजयी गराउन आफ्नो सम्पूर्ण शक्ति लगाउन भनिएको छ । यस क्रममा जिल्ला कार्यसमितिले संघीय निर्वाचन क्षेत्र, पालिका, वडातहसम्म निर्वाचन परिचालन, मतदान केन्द्रमा स्वयंसेवक परिचालनसहितमा लाग्न निर्देश दिएको हो ।

त्यस्तै, अर्को निर्णय नभएसम्मका लागि दलको जिल्ला अध्यक्ष लगायत जिम्मेवारीमा रहेकाले आ–आफ्नो पूर्व जिम्मेवारी अनुसार कार्य गर्न पनि परिपत्रमार्फत् निर्देशित गरिएको छ ।
कार्यकाल सकिएपछि सभापति शेरबहादुर देउवाले तरुण दल र नेविसंघमा अध्यक्ष चयन गरेका थिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया