ऋषि धमलालाई प्रेस काउन्सिलले सोध्यो २४ घण्टे स्पष्टीकरण
काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई पत्रकारिताको मर्यादाविपरीत काम गरेको आरोपमा स्पष्टीकरण सोधेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा चढेको विमानभित्र पत्रकारिताको आचारसंहिताविपरित रहेर समाचार संकलन गरेको विषयमा पत्रकार धमलालाई प्रेस काउन्सिलले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
कर्मचारीले रोक्दारोक्दै जहाजकाे निषेधित क्षेत्रमा बलजफ्ती प्रवेश गर्नुको कारण २४ घन्टाभित्र पेस गर्न काउन्सिलले धमलालाई पत्र पठाएको छ ।
प्रधानमन्त्री देउवा भारत भ्रमणबाट फर्किने क्रममा शुक्रबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानभित्र पत्रकार धमला प्राइम टाइम्स टेलिभिजनमा प्रत्यक्ष प्रशारण गर्दै बिजनेस क्लासमा जर्बजस्ती प्रवेश गरेका थिए ।
प्रधानमन्त्रीसँग कुराकानी गर्ने भन्दै जहाजका कर्मचारीलाई धकेल्दै इकोनोमी क्लासबाट बिजनेस क्लासमा प्रवेश गरेका थिए ।
यसका भिडियो फुटजहरू बाहिरिएका छन् । साथै त्यहाँका कर्मचारीले पनि आपत्ति जनाएका छन् । यसै विषयलाई आधार बनाएर प्रेस काउन्सिलले धमलालाई पत्र काटेको हो ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया