ऋषि धमलालाई प्रेस काउन्सिलले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई पत्रकारिताको मर्यादाविपरीत काम गरेको आरोपमा स्पष्टीकरण सोधेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा चढेको विमानभित्र पत्रकारिताको आचारसंहिताविपरित रहेर समाचार संकलन गरेको विषयमा पत्रकार धमलालाई प्रेस काउन्सिलले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
कर्मचारीले रोक्दारोक्दै जहाजकाे निषेधित क्षेत्रमा बलजफ्ती प्रवेश गर्नुको कारण २४ घन्टाभित्र पेस गर्न काउन्सिलले धमलालाई पत्र पठाएको छ ।
प्रधानमन्त्री देउवा भारत भ्रमणबाट फर्किने क्रममा शुक्रबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानभित्र पत्रकार धमला प्राइम टाइम्स टेलिभिजनमा प्रत्यक्ष प्रशारण गर्दै बिजनेस क्लासमा जर्बजस्ती प्रवेश गरेका थिए ।
प्रधानमन्त्रीसँग कुराकानी गर्ने भन्दै जहाजका कर्मचारीलाई धकेल्दै इकोनोमी क्लासबाट बिजनेस क्लासमा प्रवेश गरेका थिए ।
यसका भिडियो फुटजहरू बाहिरिएका छन् । साथै त्यहाँका कर्मचारीले पनि आपत्ति जनाएका छन् । यसै विषयलाई आधार बनाएर प्रेस काउन्सिलले धमलालाई पत्र काटेको हो ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया