नेपाल बारमा एमालेलाई सुरुबाटै धक्का, गठबन्धनका घिमिरे दोब्बर मतले अगाडि
काठमाडौं । नेपाल बार एसोसियसनको अध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार सुरुदेखि नै दोब्बर मतले अगाडि देखिएका छन् । सत्ता गठबन्धनका कानुन व्यवसायीको प्यानलले सुरुबाटै अग्रता लिएका हुन् ।
अध्यक्षमा गबठन्धनका उम्मेदवार गोपालकृष्ण घिमिरे २१३ मत पाउँदा एमाले निकटका विष्णुमणि अधिकारीले १०१ मत मात्रै पाएका छन् ।
महासचिवमा पनि उस्तै अवस्था छ ।
अन्जिता खनालले १९१ मत प्राप्त गर्दा प्रगतिशीलका केदार कोइरालाको १३१ मत आएको छ ।
बारको चुनावमा सात हजार हाराहारी भोट खसेको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया