NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३१ गते

आरआरआरको सफलतापछि रामचन्द्रले क्रु सदस्यलाई दिए सुनको सिक्का उपहार

एसएस राजामौली निर्देशित फिल्म आरआरआरले बक्स अफिसमा यतिबेला धुम मच्चाइरहेको छ ।

पाँच सय ५० करोड बजेटमा बनेको यो फिल्मले हालसम्म विश्वभरबाट ९०० करोड भन्दा बढी कमाइ गरिसकेको छ ।

फिल्मको अपार सफलताको खुशीयालीमा अभिनेता राम चरणले आरआरआरको टिमलाई सुनको सिक्का उपहार दिएका छन् ।

रिपोर्टका अनुसार प्रत्येक सिक्का लगभग सय ग्रामको छ । कुल सिक्काको मूल्य १८ लाख भारु भन्दा बढी रहेको जनाइएको छ।

रामचरणले टिमका क्रुका मुख्य सदस्यलाई लन्चको लागि बोलाएर उनीहरुको सहयोगको लागि धन्यवाद दिँदै सिक्का उपहार दिएका हुन् ।

उक्त सुनको सिक्कामा एकतर्फ आरआरआर र अर्कोतर्फ राम चरणको नाम लेखिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष