आरआरआरको सफलतापछि रामचन्द्रले क्रु सदस्यलाई दिए सुनको सिक्का उपहार
एसएस राजामौली निर्देशित फिल्म आरआरआरले बक्स अफिसमा यतिबेला धुम मच्चाइरहेको छ ।
पाँच सय ५० करोड बजेटमा बनेको यो फिल्मले हालसम्म विश्वभरबाट ९०० करोड भन्दा बढी कमाइ गरिसकेको छ ।
फिल्मको अपार सफलताको खुशीयालीमा अभिनेता राम चरणले आरआरआरको टिमलाई सुनको सिक्का उपहार दिएका छन् ।
रिपोर्टका अनुसार प्रत्येक सिक्का लगभग सय ग्रामको छ । कुल सिक्काको मूल्य १८ लाख भारु भन्दा बढी रहेको जनाइएको छ।
रामचरणले टिमका क्रुका मुख्य सदस्यलाई लन्चको लागि बोलाएर उनीहरुको सहयोगको लागि धन्यवाद दिँदै सिक्का उपहार दिएका हुन् ।
उक्त सुनको सिक्कामा एकतर्फ आरआरआर र अर्कोतर्फ राम चरणको नाम लेखिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया