फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यास प्रतिसिलिण्डर १६००
काठमाडौं । सरकारले डिजेल, पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर ५ रूपैयाँले वृद्धि गरेको छ । केही समयदेखि समायोजन नगरिएको ग्यासको भाउ पनि यसपटक १ हजार ६०० बनाइएको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै नयाँ दर तोकेको हो ।
नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य १६० रूपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको समान प्रतिलिटर मूल्य १४३ छ । हवाई इन्धनको १५६ र एलपी ग्यासको १ हजार ६०० कायम भएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
रुस–युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजारमा परेको प्रभावका कारण मूल्य वृद्धि गरिएको निगमले जनाएको छ । निगमका अनुसार, नयाँ मूल्यसूची मंगलबार राति १२ बजेदेखि नै लागू भइसकेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया