NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यास प्रतिसिलिण्डर १६००

काठमाडौं । सरकारले डिजेल, पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर ५ रूपैयाँले वृद्धि गरेको छ । केही समयदेखि समायोजन नगरिएको ग्यासको भाउ पनि यसपटक १ हजार ६०० बनाइएको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै नयाँ दर तोकेको हो ।

नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य १६० रूपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको समान प्रतिलिटर मूल्य १४३ छ । हवाई इन्धनको १५६ र एलपी ग्यासको १ हजार ६०० कायम भएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

रुस–युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजारमा परेको प्रभावका कारण मूल्य वृद्धि गरिएको निगमले जनाएको छ । निगमका अनुसार, नयाँ मूल्यसूची मंगलबार राति १२ बजेदेखि नै लागू भइसकेको छ ।