तनहुँमा किशोरी बेपत्ता
तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिका–४ भिरकोटबाट एक बालिका बेपत्ता भएकी छन् । सदरमुकाम दमौली जान भनी हिँडेकी ऋषिङ–४, भिरकोट निवासी खुमबहादुर परियारकी १३ वर्षीया छोरी बन्दना मङ्गलबारदेखि बेपत्ता छिन् ।
बन्दना बीच बाटोबाटै हराएकी स्थानीय तीर्थ बर्देवाले जानकारी दिए । उनी स्थानीय बाल विकास केन्द्र माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन् । ऋषिङ गाउँपालिका–१ गैह्राखुदीबाट छोरी बेपत्ता भएको भन्दै मङ्गलबार बालिकाका बुवाले जिल्ला प्रहरी कार्यालयमा खोजतलासका लागि जाहेरी दिएका छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया