रानीमहल परिसरमा महिलाबीच भलिबल प्रतियोगिता हुने

पाल्पा । जिल्लाको रानीमहल परिसरमा सञ्चालन हुने राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । उक्त प्रतियोगिता यही चैत २४ देखि २६ गतेसम्म सञ्चालन हुने छ ।
प्रतियोगितामा विभागीय टोलीका साथै सातै प्रदेशबाट खेलाडी सहभागी हुने आयोजक संस्था सञ्जय स्मृति प्रतिष्ठानकी अध्यक्ष निरोज मास्केले जानकारी दिए । करिब रु ३० लाखको लागतमा आयोजना गर्न लागिएको सो प्रतियोगिताका विजेताले रु एक लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले रु ५० हजार तथा उत्कृष्ट खेलाडीले रु २० हजार पुरस्कार प्राप्त गर्ने छन् ।
ऐतिहासिक पर्यटकीयस्थल रानीमहलको प्रचार–प्रसारमा टेवा पुर्याउने उद्देश्यले कालीगण्डकी नदी किनारमा खेलको आयोजना गरिएको मास्केले बताए । प्रतिष्ठानले एक दशकदेखि विभिन्न सामाजिक काम गर्दै आएको छ । सम्पूर्ण खेलाडीको रु दुई लाख बराबरको बीमासमेत आयोजकले गरेको छ ।
ताजा अपडेट
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
प्रतिक्रिया