NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

विश्वका यी ५ सहर, जो पानीमा डुबिसके

काठमाडौं । विश्वमा जलवायु परिवर्तन भइरहेको छ । यसैका कारण कतै बेमौसमी बर्षा भएको छ भने कतै हिमपात, भीषण गर्मी र आगलागीका घटना भइरहेको छ । यस्तो अवस्थामा सन् २०५० सम्ममा मालदिभ्सलगायत समुद्री टापु सहरहरु जलमग्न हुने बताइएको छ । तर त्यसभन्दा अगाडि नै पानीमा डुबिसकेका सहर पनि विश्वमा छन् । ती सहरमा कुनै समय मानिसको भीडभाड हुने गर्दथ्यो तर अहिले ती ठाउँहरु पानीमा डुबेका छन् र सहरको अवशेष हेर्न पर्यटकले स्कुबा डाइभिङको सहारा लिनुपर्छ ।

बाया, इटाली
रोम बासीहरुका लागि कुनै समय पार्टी हब मानिएको इटालीको बाया सहर यसको रमाइलो मौसम, तातो पानी, पोखरी, झरना र असाधारण देखिने भवनका लागि परिचित थियो । रोमन सम्राट जुलियस सिजर र निरो दुवै यस सहरमा भव्य छुट्टि मनाउँथे र सम्राट ह्याड्रियनको त्यही सहरमा १३८ इस्वीमा मृत्यु भएको थियो । दुर्भाग्यवश जुन ज्वालामुखीय गतिविधिका कारण प्रसिद्ध तातो पानीको स्रोत बनेको थियो, त्यसैका कारण सहर पानीमा डुब्न पुग्यो ।

गर्मीको समयमा लेडीबोभर जलाशयमा पानीको स्तर घट्छ र डर्भेन्ट गाउँका अवशेषहरु देखिन्छन् ।

यो सहर नेपल्सनजिकै एक विशाल ज्वालामुखी केम्पी फ्लेग्रेईको माथि बसेको थियो । ब्राडिसिज्म, एक भौगोलिय घटनाका कारण बायाको जमीन विस्तारै चारदेखि छ मिटर भासियो र सहरको अधिकांश भाग पानीमा डुब्यो । सन् २००२ पछि बायाको अन्डरवाटर क्षेत्रलाई स्थानीय प्रशासनले संरक्षित क्षेत्र घोषित गर्यो । अब त्यहाँ जान अनुपति प्राप्त व्यक्ति मात्र पाउँछन् ।

थेनिस हेराक्लिओन, इजिप्ट
यो सहरको नाम पुराना कथाहरुमा धेरैपटक उल्लेख गरिएको छ । थोनिस हेराक्लियोनबाट नै ग्रीक नायक हेराक्लिस (हर्कुलस) ले इजिप्टमा पहिलो कदम चालेका थिए । इतिहासको सबैभन्दा प्रसिद्ध युद्धमध्ये ट्रोजन युद्धमा सामेल हुनुअघि राजा पेरिसले आफ्नी प्रेमिका हेलेनसँग यो सहर पुगेका थिए । नाइल नदीको पश्चिमी मुहानमा स्थित एक समृद्ध बन्दरगाह थियो । धेरै समयपछि ६० जहाज र ७०० भन्दा बढी लंकरहरु भेट्टाउनु भनेको भूमध्य सागरबाट आउने सामानहरु यो सहरमा आइपुग्थ्यो भन्ने प्रमाण हो । पानीमा डुबेको यो सहरमा अहिलेसम्म धेरै कलाकृति भेटिएका छन् ।

डर्भेन्ट, बेलायत
डर्बिसयरको डर्भेन्ट गाउँलाई लेडीबोभर जलाशय बनाउनका लागि जानी जानी जलमग्न गराइएको थियो । २० औं शताब्दिको मध्यमा डर्बि, लिचेस्टर, नटिङ्घम र सेफिल्डजस्ता सहरको विस्तार हुँदै जाँदा त्यहाँ बढ्दो जनसंख्याका लागि पानीको अत्यधिक आपूर्तिको आवश्यकता थियो । त्यही आवश्यकता पूरा गर्नका लागि बाँध बनाउने योजना बन्यो । मुख्य रुपमा हाइडेन र डर्भेन्ट नामका दुई जलाशय बनाउने योजना थियो । सन् १९३५ मा जलाशय बनाउने काम सुरु भयो र पछि १९४५ मा डर्भेन्ट गाउँ पूर्ण रुपमा पानीमा डुब्यो । गर्मीको समयमा लेडीबोभर जलाशयमा पानीको स्तर घट्छ र डर्भेन्ट गाउँका अवशेषहरु देखिन्छन् ।

सन् २००९ यता जलस्तर घट्न थालेपछि पुनः भिला एपेक्युएन बाहिर देखिन थालेको छ ।

भिला एपेक्युएन, अर्जेन्टिना
लगभग २५ वर्षसम्म पानीमा डुबेपछि सन् २००९ मा भिल्ला एपेक्युएनको लेकसाइडमा एक रिसोर्ट पुनः बाहिर देखिन थाल्यो । सन् १९२० मा निर्मित एपेक्युएन लेक नामक रिसोर्टले यसको नुनिलो पानीमा नुहाउन चाहने पर्यटकलाई आकर्षित गरेको थियो । त्यहाँको नुनिलो पानीमा धेरै रोगको उपचारसँग सम्बन्धित गुण रहेको बताइन्छ ।

यो पोखरीमा पानी आफैं आउने अनि सुक्ने गर्दथ्यो तर सन् १९८० पछि धेरै वर्षसम्म भारी वर्षा भएसँगै पानीको सतह बढ्न थाल्यो । अतिरिक्त सुरक्षाका लागि त्यहाँ धनुषाकारको गेट पनि निर्माण गरिएको थियो । नोभेम्बर १९८५ मा आएको आँधिले ताल भरियो र बाँध भत्किएर पानी बाहिर आयो । यसका कारण सहर १० मिटर गहिराईमा डुब्यो । सन् २००९ यता जलस्तर घट्न थालेपछि पुनः भिला एपेक्युएन बाहिर देखिन थालेको छ ।

त्यहाँ संरक्षित भग्नावशेषहरु र सयौं डुबेका जहाजहरु हेर्न स्कुबा डाइभिङ जान सम्भव छ, तर यसका लागि स्थानीय अधिकारीहरुको अनुमति चाहिन्छ ।

पोर्ट रोयल, जमैका
आजकल जमैकाको पोर्ट रोयल गाउँमा निद्रामा पनि माछा मार्न सकिने ठाउँ बनेको छ । तर १७ औं शताब्दीमा यहाँ रहेको समुद्री डाकुहरुको बाक्लो जनसंख्याका कारण मात्रै यो ठाउँ चिनिन्थ्यो । पछि पोर्ट रोयल नयाँ विश्वमा व्यापारको मुख्य केन्द्रका रुपमा विस्तार भयो । सन् १६६२ मा त्यहाँ ७४० जना मानिसको बसोबास थियो तर १६९२ मा ६ हजार ५ सयदेखि १० हजारसम्म जनसंख्या पुगेको अनुमान गरिन्छ । त्यहाँ मानिसहरु इट्टा वा काठले बनेका घरमा बस्थे, जुन प्रायः चार तलासम्म अग्ला हुन्थे ।

सन् १६९२ जुन ७ मा ठूलो भूकम्पपछि आएको सुनामीले सहरको दुई तिहाइ भाग पानीमा डुब्यो । त्यस दिन झन्डै २ हजार मानिसको मृत्यु भएको मानिन्छ । त्यहाँ संरक्षित भग्नावशेषहरु र सयौं डुबेका जहाजहरु हेर्न स्कुबा डाइभिङ जान सम्भव छ, तर यसका लागि स्थानीय अधिकारीहरुको अनुमति चाहिन्छ ।

ताजा अपडेट

नेपालवाच विशेष