नि:शुल्क प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गर्दै प्रतिष्ठान
काठमाडौं । व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानले निशुल्क प्रशिक्षण तालिम सञ्चालन गर्ने भएको छ । प्रतिष्ठानले काठमाडौं उपत्यका, चितवन र पोखरामा २० जनाको दरले ६० जनालाई स्वीकृत वार्षिक कार्यक्रम बमोजिम दश दिने प्रशिक्षण तालिम दिन लागेको हो ।
प्रतिष्ठानका अनुसार तालिममा सहभागी हुन इच्छुक व्यक्तिले १५ दिनभित्र आवेदन पेश गर्नुपर्ने छ । प्रतिष्ठानले उम्मेदवारको उमेर हद १८ वर्ष पूरा भई ४५ ननाघेको हुनुपर्ने जनाएको छ ।
थप जानकारीका लागि प्रतिष्ठानको वेवसाइट http://www.vsdta.gov.np/news/20 हेर्न सकिने छ ।

ताजा अपडेट
-
इरान युद्धले तेल बजारमा ‘ओपेक प्लस’को प्रभाव कमजोर, उत्पादन बढाउने तयारी
-
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण
-
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
-
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता


प्रतिक्रिया