प्रहरी कारबाहीमा परे अल्लु अर्जुन
मुम्बई । दक्षिण भारतका सुपरस्टार अल्लु अर्जुनलाई फिल्म ‘पुष्पाः द राइज’ मा धेरै नियम तोडेको देख्नु भएको होला । अहिले भर्खरै अल्लु अर्जुन अर्थात् ‘पुष्पराज’ले वास्तविक जीवनमा पनि कानुन उल्लंघन गरेका छन् । यसैका कारण उनले कानुनी समस्या झेल्नु पर्यो । रिपोर्टका अनुसार अल्लु अर्जुनले हालै ट्राफिक नियम उल्लंघन गरेका थिए । त्यसपछि उनलाई हैदरावाद पुलिसले समात्यो र अन्ततः उनलाई जरिवाना पनि तिरायो ।
अल्लु अर्जुनले ट्राफिक नियम तोडेको भन्दै जरिवाना तिर्नुपरेको थियो । हैदरावाद प्रहरीलाई अभिनेताले ७०० भारु जरिवाना तिरेका छन् । स्रोतका अनुसार कालो सिसा भएको कारमा सवार अल्लु अर्जुनलाई हैदराबादको व्यस्त सेन्टर नजिकै प्रहरीले रोकेको थियो । भारतमा यस्ता सिसा भएका झ्यालमाथि प्रतिबन्ध लगाइएको छ । यति हुँदाहुँदै पनि धेरै सेलिब्रेटीहरूले यस प्रकारको कार प्रयोग गर्छन् ।
अल्लु अर्जुनभन्दा पहिले जुनियर एनटीआर, तेलुगु निर्देशक त्रिविक्रम श्रीनिवास, कल्याण राम, जुनियर एनटीआर र मन्चु मनोजलाई पनि हैदराबाद ट्राफिक प्रहरीले कारको कालो सिसाका कारण बीच बाटोमा रोकेर नियम तोडेको आरोपमा पक्राउ गरेको खबर आएको थियो । यसका लागि सबैले जरिवाना तिरेका थिए ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया