प्रहरी कारबाहीमा परे अल्लु अर्जुन

मुम्बई । दक्षिण भारतका सुपरस्टार अल्लु अर्जुनलाई फिल्म ‘पुष्पाः द राइज’ मा धेरै नियम तोडेको देख्नु भएको होला । अहिले भर्खरै अल्लु अर्जुन अर्थात् ‘पुष्पराज’ले वास्तविक जीवनमा पनि कानुन उल्लंघन गरेका छन् । यसैका कारण उनले कानुनी समस्या झेल्नु पर्यो । रिपोर्टका अनुसार अल्लु अर्जुनले हालै ट्राफिक नियम उल्लंघन गरेका थिए । त्यसपछि उनलाई हैदरावाद पुलिसले समात्यो र अन्ततः उनलाई जरिवाना पनि तिरायो ।
अल्लु अर्जुनले ट्राफिक नियम तोडेको भन्दै जरिवाना तिर्नुपरेको थियो । हैदरावाद प्रहरीलाई अभिनेताले ७०० भारु जरिवाना तिरेका छन् । स्रोतका अनुसार कालो सिसा भएको कारमा सवार अल्लु अर्जुनलाई हैदराबादको व्यस्त सेन्टर नजिकै प्रहरीले रोकेको थियो । भारतमा यस्ता सिसा भएका झ्यालमाथि प्रतिबन्ध लगाइएको छ । यति हुँदाहुँदै पनि धेरै सेलिब्रेटीहरूले यस प्रकारको कार प्रयोग गर्छन् ।
अल्लु अर्जुनभन्दा पहिले जुनियर एनटीआर, तेलुगु निर्देशक त्रिविक्रम श्रीनिवास, कल्याण राम, जुनियर एनटीआर र मन्चु मनोजलाई पनि हैदराबाद ट्राफिक प्रहरीले कारको कालो सिसाका कारण बीच बाटोमा रोकेर नियम तोडेको आरोपमा पक्राउ गरेको खबर आएको थियो । यसका लागि सबैले जरिवाना तिरेका थिए ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया