NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

जालझेल, बेइमानी र षड्यन्त्र कम गर्न महिलालाई उम्मेदवार बनाउने प्रचण्डको इच्छा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहमा महिलाको शासन हेर्ने इच्छा देखाएका छन् ।

भूमिहीन सुकुम्बासीलाई बुधबार चितवनमा लालपुर्जा वितरण गर्दै उनले पुरुषको तुलनामा महिलाले नेतृत्व गरेको पालिका उत्कृष्ट रहेको जिकिर गरे ।

गत स्थानीय तहको चुनावमा छोरीलाई भरतपुर महानगरपालिकको मेयर बनाएका उनले यसपटक दुवै पदमा महिला उम्मेदवार उठाउन चाहेका छन् ।

‘धेरै वर्ष पुरुषले शासन गरेको हेरें । अब केही वर्ष महिलाले शासन गरेको हेर्ने इच्छा छ’, उनले भने, ‘महिलालाई धेरै स्थानीय तहमा मेयर/उपमेयर बनाउने इच्छा छ । केही वर्ष हेरौं महिलाको राज कस्तो हुनेछ ।’

महिलाले जिम्मेवारी पाएमा जालझेल, बेइमानी र षड्यन्त्र कम हुने उनको दावी छ ।