के भएको थियो मन्त्री मनाङे र शाखा अधिकृत ओझाबीच ?

काठमाडौं । गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले कर्मचारीमाथि कुटपिट गरेको विषय अहिले चर्चामा छ ।
मन्त्री मनाङेले आफू मातहतकै कर्मचारीलाई कुटपिट गरेका हुन् ।
मन्त्री मनाङेले मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि हातपात गरेको बताइएको छ ।
मन्त्रालय स्रोतका अनुसार मंगलबार दिउँसो शाखा अधिकृत ओझा फाइल बोकेर मन्त्री मनाङेकहाँ गएका थिए । सोहीबीचमा उनीहरूबीच भनाभन भएको हो । भनाभनकै क्रममा मन्त्री मनाङेले शाखा अधिकृत ओझामाथि हातपात गरेका हुन् ।
दुईबीच पहिलेदेखि नै मनमुटाब हुँदै आएको बताइएको छ ।
घटनापछि यतिबेला शाखा अधिकृत ओझा भने विदामा बसेको मन्त्रालयकै एक कर्मचारीले बताए । उनी मोबाइल बन्द गरेका बसेका छन् ।
मनाङे गुण्डानाइके पृष्ठभूमिबाट राजनीतिमा आएका हुन् ।
मन्त्री हुनुअघि पनि उनले कास्की एन्फाका अध्यक्ष मिलन गुरुङमाथि मुक्का प्रहार गरेका थिए ।
प्रतिक्रिया