छात्रा हत्या प्रकरणका आरोपी सार्वजनिक
काठमाडौं । विद्यालय जाँदै गरेकी १० कक्षामा अध्ययनरत छात्रा कविता सुनुवारको बाटैमा हत्या भएको प्रकरणमा पक्राउ परेका दुई जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्ने मृत छात्राकै १७ वर्षीय (नाबालिग) सहपाठी र उनका पर्ने भारतको सिक्किम घर भएका विनोद ढकाल रहेको उदयपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतक कविता र ती १७ वर्षीय छात्राबीच सामान्य मनमुटाब थियो । त्यसैलाई निउँ बनाएर उनको हत्या भएको पाइएको छ ।
हत्याका लागि ढुंगा र बियरका बोतल प्रहार गरिएको पाइएको छ ।
उदयपुरको बेलका नगरपालिका–३ मा मंगलबार एक छात्राको हत्या भएको थियो ।
कोशी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत कविताको यसोदा खोलामा हत्या भएको हो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया