छात्रा हत्या प्रकरणका आरोपी सार्वजनिक
काठमाडौं । विद्यालय जाँदै गरेकी १० कक्षामा अध्ययनरत छात्रा कविता सुनुवारको बाटैमा हत्या भएको प्रकरणमा पक्राउ परेका दुई जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्ने मृत छात्राकै १७ वर्षीय (नाबालिग) सहपाठी र उनका पर्ने भारतको सिक्किम घर भएका विनोद ढकाल रहेको उदयपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतक कविता र ती १७ वर्षीय छात्राबीच सामान्य मनमुटाब थियो । त्यसैलाई निउँ बनाएर उनको हत्या भएको पाइएको छ ।
हत्याका लागि ढुंगा र बियरका बोतल प्रहार गरिएको पाइएको छ ।
उदयपुरको बेलका नगरपालिका–३ मा मंगलबार एक छात्राको हत्या भएको थियो ।
कोशी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत कविताको यसोदा खोलामा हत्या भएको हो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया