गृहमन्त्री खाँण मेडिसिटी अस्पतालमा, ठाकुरको स्वास्थ्यमा सुधार

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्यमा सुधार आएको छ ।
ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका ठाकुरको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका गृहमन्त्री बालकृष्ण खाँणलाई चिकित्सकहरुले क्रमिक सुधार भएको बताएका हुन् ।
श्वासप्रश्वासमा समस्या भई ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका ठाकुरको स्वास्थ्यावस्थाबारे जानकारी लिन आज साँझ गृहमन्त्री खाँण अस्पताल पुगेका थिए ।
पार्टी कार्यक्रमका लागि भैरहवामा रहेका अध्यक्ष ठाकुरलाई छाती दुख्ने, ज्वरो आउनेजस्ता समस्या देखिएपछि उपचारका लागि आज हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।
ठाकुरको स्वास्थ्यावस्थामा सुधार आएको उपचारमा संलग्न चिकित्सकले गृहमन्त्री खाँणलाई जानकारी गराएका हुन् ।
खाँणले भेटका क्रममा ठाकुरको शीघ्र स्वास्थ्यलाभको कामना गरे । साथै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि स्वास्थ्यावस्थाबारे जिज्ञासा राखेको सुनाएका थिए ।
याे पनि पढ्नुहाेस्
लोसपा अध्यक्ष ठाकुर अस्वस्थ भएपछि उपचार गर्न काठमाडौं ल्याइयो – NepalWatch
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया