कस्तो छ महन्थ ठाकुरलाई अहिले ?
काठमाडौं । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्यमा सुधार आएको छ ।
ठाकुरको उपचारमा संलग्न चिकित्सकका अनुसार, उनको स्वास्थ्यावस्थामा क्रमिक सुधार आइरहेको छ ।
पार्टी कार्यक्रमका लागि भैरहवा पुगेका ठाकुरलाई छाती दुख्ने, ज्वरो आउनेजस्ता समस्या देखिएपछि उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।
यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले ठाकुरको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन् ।
श्वासप्रश्वासमा समस्या भई उपचार गराइरहेका ठाकुरको स्वास्थ्यावस्थाबारे जानकारी लिन बुधबार साँझ गृहमन्त्री खाँण अस्पताल पुगेका हुन् ।
खाँणले भेटका क्रममा ठाकुरको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुका साथै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि स्वास्थ्यावस्थाबारे जिज्ञासा राखेको उनलाई सुनाएका थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया