सिमकार्ड लिँदा ख्याल गर्नु है, कारबाहीमा परिएला
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले रप्तपूवर्क केवाइसी फारम नभरी सिम नलिन र नदिन सचेत गराएको छ ।
मोबाइल सेवा प्रदायकहरूले स्पष्ट फारम नभराई सिमकार्ड वितरण गरिरहेको भन्ने सूचना प्राप्त भइरहेको भन्दै दूरसंचार प्राधिकरणले नियमक निकायको निर्देशन र नियमअनुसार मात्रै सिमकार्ड बेच्न चेतावनी दिएको हो ।
प्राधिकरणले ग्राहकलाई पनि आफ्नो वास्तविक विवरणको आधारमा मात्रै सिमकार्ड खरिद गर्न आग्रह गरेको छ ।
अन्यथा प्रचलित कानूनअनुसार कारबाही हुने विषय प्राधिकरणले स्मरण गराएको छ । आफूले प्रयोग गर्ने सिमकार्ड अरूको नाममा भएमा वा गलत व्यक्तिगत विवरण भरेर कार्ड लिएमा आफूमाथि अपराध हुँदा अनुसन्धानमा सहयोग गर्न टेलिकमलाई सहज हुँदैन ।
यस्तै अरूको नामको वा आफ्नो पहिचान नभएको फोन नम्बर प्रयोग गर्दा जुनसुकै बेला फस्न सकिने हुँदा विवरण भर्दा यथार्थ विवरण भर्न सम्झाएको हो ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया