काउन्सिललाई धमलाको जवाफ– छिटो सूचना दिन खोज्दा गल्ती भो, अब यस्तो हुँदैन

काठमाडौं । जहाजका क्रु मेम्बरलाई जबरजस्ती गरेर प्रधानमन्त्री शेरबहादुर देउवा रहेको ठाउँमा प्रवेश गरेर आलोचित पत्रकार ऋषि धमलाले जनतालाई शीघ्र सुसूचित गराउन खोज्दा आफूबाट गल्ती भएको स्वीकार गरेका छन् । साथै उनले आगामी दिनमा यस्तो अमर्यादित हर्कत नगर्ने प्रतिबद्धता पनि जायर गरेका छन् ।
भारत भ्रमणबाट स्वदेश फर्कने क्रममा प्रधानमन्त्री सवार विमानमा धमलाले विमानका कर्मचारीलाई अभद्र व्यवहार गरेर प्रधानमन्त्री रहेको स्थानमा प्रवेश गरी टेलिभिजनमा लाइभ गरेपछि उनको चर्को आलोचना भएको थियो । लगत्तै काउन्सिलले धमलासँग स्पष्टीकरण सोधेको थियो । जसको जवाफ उनले बुधबार काउन्सिललाई बुझाएका हुन् ।
‘धमलाले बुधबार स्पष्टीकरणको जवाफ बुझाउँदै आफूबाट गल्ती भएको र आइन्दा त्यस्तो कार्य नगर्ने प्रतिबद्धता जनाएका छन्,’ काउन्सिल स्रोतले भन्यो ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया