भिल्लारियलसँग बायर्न पराजित हुँदा बने रेकर्ड
काठमाडौं । च्याम्पियन्स लिगको दाबेदार जर्मन बायर्न म्युनिख पराजित भएको छ । गएराति भएको खेलमा बायर्न स्पेनिस भिल्लारियलसँग पराजित भएको हो । बायर्न खेलको ८ औं मिनेटमा भिल्लारियलसँग गोल खाँदा पराजित भएको हो ।
एर्नाउट डानजुमाले गोल नै भिल्लारियललाई जिताउन पर्याप्त बनिदियो । भिल्लारियलको मैदानमा बायर्न हार्दा अनेक रेकर्ड बनेका छन् ।
बायर्न लगातार २२ खेलसम्म अवे मैदानमा पराजित भएको थिएन । तर यसलाई भिल्लारियलले तोडिदियो ।
२०१७ मा पिएसजीसँग अवे खेलमा ३–० गोलले पराजित भएयता बायर्न पहिलोपटक पराजित भएको हो ।
२०१९ फेब्रुअरीमा लिभरपुलसँग गोलरहित बराबरी खेलेपछि बायर्नले पहिलोपटक च्याम्पियन्स लिगमा गोल गर्न नसकेको हो । पछिल्ला ३० खेल सबैमा गोल गर्दा बायर्नले १०१ गोल गरेको थियो । तर अपेक्षित कमजोर मानिएको भिल्लारियलले बायर्नलाई पराजित गरिदियो ।
अहिलेसम्मका सबै प्रतियोगितामा गरेर बायर्न दोस्रोपटक गोल गर्न असफल भएको हो । यस अघि डिएफबी पोकलको प्रतिस्पर्धामा बायर्न मोन्चेनग्लाडबाचसँग ५–० गोल अन्तरले पराजित भएको थियो ।
सेमिफाइनल पुग्न अब भिल्लारियललाई कम्तिमा पनि बराबरी गरे पुग्छ । बार्यनलाई भने गोल अन्तरले हराउनुपर्ने चुनौती थपिएको छ । दोस्रो लेगमा १–० गोल गरेर पनि बायर्नले खेललाई थप ३० मिनेटको समयमा लान सक्छ । यसपटकदेखि च्याम्पियन्स लिगमा अवे गोललाई हटाइएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया