NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

भिल्लारियलसँग बायर्न पराजित हुँदा बने रेकर्ड

काठमाडौं । च्याम्पियन्स लिगको दाबेदार जर्मन बायर्न म्युनिख पराजित भएको छ । गएराति भएको खेलमा बायर्न स्पेनिस भिल्लारियलसँग पराजित भएको हो । बायर्न खेलको ८ औं मिनेटमा भिल्लारियलसँग गोल खाँदा पराजित भएको हो ।

एर्नाउट डानजुमाले गोल नै भिल्लारियललाई जिताउन पर्याप्त बनिदियो । भिल्लारियलको मैदानमा बायर्न हार्दा अनेक रेकर्ड बनेका छन् ।
बायर्न लगातार २२ खेलसम्म अवे मैदानमा पराजित भएको थिएन । तर यसलाई भिल्लारियलले तोडिदियो ।

२०१७ मा पिएसजीसँग अवे खेलमा ३–० गोलले पराजित भएयता बायर्न पहिलोपटक पराजित भएको हो ।

२०१९ फेब्रुअरीमा लिभरपुलसँग गोलरहित बराबरी खेलेपछि बायर्नले पहिलोपटक च्याम्पियन्स लिगमा गोल गर्न नसकेको हो । पछिल्ला ३० खेल सबैमा गोल गर्दा बायर्नले १०१ गोल गरेको थियो । तर अपेक्षित कमजोर मानिएको भिल्लारियलले बायर्नलाई पराजित गरिदियो ।

अहिलेसम्मका सबै प्रतियोगितामा गरेर बायर्न दोस्रोपटक गोल गर्न असफल भएको हो । यस अघि डिएफबी पोकलको प्रतिस्पर्धामा बायर्न मोन्चेनग्लाडबाचसँग ५–० गोल अन्तरले पराजित भएको थियो ।

सेमिफाइनल पुग्न अब भिल्लारियललाई कम्तिमा पनि बराबरी गरे पुग्छ । बार्यनलाई भने गोल अन्तरले हराउनुपर्ने चुनौती थपिएको छ । दोस्रो लेगमा १–० गोल गरेर पनि बायर्नले खेललाई थप ३० मिनेटको समयमा लान सक्छ । यसपटकदेखि च्याम्पियन्स लिगमा अवे गोललाई हटाइएको छ ।

बेन्जिमाको ह्याट्रिकमा चेल्सीमाथि रियल मड्रिडको सानदार जित