फोटोन माटर्सले इलेक्ट्रिक भ्यान बजारमा ल्याउदैं, यस्ता छन् विशेषता

काठमाडौं । फोटोन माटर्सले इलेक्ट्रिक कार्गो भ्यान र स्कुल भ्यान ल्याउने भएको छ । उक्त भ्यान केही महिनाभित्र नेपाली बजारमा आउने कम्पनीले जानकारी दिएको हो । फोटोनका यी भ्यान सय किलोवाट भन्दा बढी इन्जिन क्षमता भएको हुने छ ।
मोटर्सले वातावरणमैत्री एवं जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्न उक्त इलेक्ट्रिक भ्यान ल्याउन लागेको जनाएको छ । यी भ्यानको रेन्ज सिंगल चार्जकमा २५० किलोमिटर रहेको छ । बिजुलीबाट उत्पादित भेकलप्रति उपभोक्ताको राम्रो ध्यानाकर्षण भइरहेको कम्पनीको भनाई छ ।
बिजुली आपुर्ति सहज हुँदा डिजेल भन्दा बिजुली गाडी सञ्चालन खर्च कम हुने अन्तराष्ट्रिय अध्ययनहरुले प्रमाणित गरिसकेको छ । लिथियम ब्याट्रीबाट सञ्चालन हुने बिजुली बस, कार, मोटरसाईकल, स्कुटर आदि उत्पादनमा चीन अरु राष्ट्रहरु भन्दा धेरै माथि रहेको अवस्था छ ।
उत्पादन संख्या धेरै भएको चिनका उत्पादकहरुले विश्व बजारमा धेरै संख्यामा गाडी तथा ब्याट्रीहरु सुपथ मूल्यमा मागअनुसार निर्यात गरिरहेको जनाएको छ ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया