आजैको दिन सुरु भएको थियो जनआन्दोलन

काठमाडौं । आज २४, चैत अर्थात् ०६२/०६३ को १९ दिने जन आन्दोलन सुरू भएको दिनको रूपमा सम्झना गरिन्छ ।
०६१ माघ १९ मा राजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाई प्रत्यक्ष शासन आफ्नो हातमा लिएको विरोधमा तत्कालीन संसदीय सात दल र विद्रोही माओवादीले संयुक्त जनआन्दोलन गरेका थिए ।
जनताको बलमा घुँडा टेकेका राजा ज्ञानेन्द्रले वैशाख ११ मा विघटित संसद् पुर्नस्थापना गरी जनताको नाशो जनतालाई नै फिर्ता गरेका थिए ।
माओवादी सशस्त्र विद्रोह उत्कर्षमा पुगेको अवस्थामा शाहले देउवा नेतृत्वको मन्त्रिपरिषद भंग गरी आफ्नै नेतृत्वमा सरकार गठन गरेका थिए ।
राजाको कदमबाट चिढिएका कांग्रेससहितका सात दलले माओवादी विद्रोहीसँग १२ बुँदे सम्झौता गरी शाही सरकारविरुद्ध आम हड्ताल सुरू गरेका थिए ।
जनविद्रोहमाथि सरकारले दमन गर्दा २५ नागरिक सहिद भएका थिए । सयौं जना अंगभंग भएका थिए । जनआन्दोलन–२ नाम दिएको यस आन्दोलनले २ सय ४० वर्ष लामो शाहवंशीय राजसंस्था ढली नेपालमा गणतन्त्र स्थापना भएको थियो ।
०४६ मा ५० दिनसम्म चलेको जनआन्दोलन पनि चैत २६ मा अन्त्य भएको थियो । यस जनआन्दोलनबाट निरंकुश पञ्चायती शासनको अन्त्य गरी नेपालमा बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना भएको थियो ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया