सशस्त्रका पाँच डिआइजीको सरुवा तथा पदस्थापन, को कहाँ ?
काठमाडौं । सशस्त्र प्रहरी बलका विभिन्न सेवाका पाँच प्रहरी नायब महानिरीक्षक (डिआइजी) को सरुवा तथा पदस्थापन गरिएको छ । सशस्त्रको प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङ, प्राविधिक, स्वास्थ्य र साधारण उपसमूहतर्फका बढुवा नियुक्त भएका डिआइजीको गृह मन्त्रालयले सरुवा तथा पदस्थापन गरेको हो ।
सशस्त्रको आर्थिक प्रशासन महाशाखा दरबन्दी रहेका विदुर खड्कालाई सहायक महानिरीक्षकको सचिवालय, मानव स्रोत विभाग दरबन्दी रहेका लक्ष्मणबहादुर सिंहलाई कार्य तथा सुरक्षा सीमा सुरक्षा विभाग र शान्ति स्थापना तालिम शिक्षालय, ककनीमा दरबन्दी रहेका प्रदीपकुमार पन्तलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा सरुवा गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल, कार्य तथा सीमा सुरक्षा विभागमा कार्यरत इञ्जिनियर सन्दीप थापा र नेपाल एपिएफ अस्पतालका डा. रूपक महर्जनलाई भने पदोन्नतिपछि पनि सोही स्थानमा पदस्थापन गरिएको सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया