NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

यस्तो छ शक्तिशाली शासक पुटिनको पारिवारिक जीवन

मस्को । अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीसहित उनीनिकट धेरै व्यक्तिलाई आर्थिक प्रतिबन्ध लगाएको घोषणा गरेको छ । यो सूचीमा रुसी विदेश मन्त्री सर्गेई लाभरोभका परिवार र अन्य रुसका ठूला बैंक पनि समावेश छन् ।

रुसले युक्रेनमा गरेको आक्रमणका विभत्स तस्बिरहरु सार्वजनिक भएपछि अमेरिकाले यो कदम चालेको हो । रुसले ती तस्बिर युक्रेनी अधिकारीले नाटकीय ढंगबाट बनाएको नक्कली तस्बिर भएको दाबी गरेको छ । रुसले आफ्नो दाबीको पक्षमा कुनै प्रमाण भने पेश गरेको छैन । नयाँ प्रतिबन्धको घोषणामा सबैको ध्यान अहिले पुटिनको छोरीमा गएको छ ।

क्याटरिना र मारिया पुटिन र उनकी पूर्व पत्नी ल्युडमिलाका छोरी हुन् । ल्युडमिला र पुटिनको विवाह सन् १९८३ मा भएको थियो । त्यतिवेला ल्युडमिला विमान परिचारिका थिइन् र पुटिन केजिबी (सोभियत संघको गुप्तचर निकाय) का अधिकारी थिए ।

पुटिन आफ्नो परिवारको बारेमा खासै जानकारी सार्वजनिक गर्दैनन् । सन् २०१५ मा भएको एउटा लामो प्रेसवार्तामा पुटिनले आफ्नी छोरीबारे सोधेको प्रश्नको जवाफ नै दिन मानेका थिएनन् । उनले भनेका थिए, ‘मेरी छोरी रुसमा बसेर पढ्छिन् । उ धाराप्रवाह तीन वटा अन्तर्राष्ट्रिय भाषा बोल्छिन् । म आफ्नो परिवारको बारेमा कहिले पनि कसैसँग कुराकानी गर्दिनँ । सबैको आफ्नो भविष्य बनाउने अधिकार छ । उ आफ्नो जीवन बाँचिरहेकी छ ।’

अमेरिकी प्रतिबन्धमा उनका छोरीहरु ३६ वर्षीया मारिया भोरोन्तसोभा र ३५ वर्षीया क्याटरिना तिखोनोभाको नाम समावेश छ । एक अमेरिकी अधिकारीका अनुसार पुटिनको सबै सम्पत्ति परिवारका सदस्यको नाममा भएका कारण नै उनीहरुलाई अमेरिकाले निशाना बनाएको हो ।

पुटिनकी छाेरी मारिया

क्याटरिना र मारिया पुटिन र उनकी पूर्व पत्नी ल्युडमिलाका छोरी हुन् । ल्युडमिला र पुटिनको विवाह सन् १९८३ मा भएको थियो । त्यतिवेला ल्युडमिला विमान परिचारिका थिइन् र पुटिन केजिबी (सोभियत संघको गुप्तचर निकाय) का अधिकारी थिए । यी दुईबीचको वैवाहिक सम्बन्ध ३० वर्षपछि टुंग्गियो । यस अवधिमा पुटिन रुसको राजनीतिक प्रणालीको शीर्ष स्थानमा पुगे र आफ्नो पकड बलियो बनाउन लागे ।

सन् २०३१ मा पुटिनको सम्बन्धविच्छेद भएको थियो । यसबारे पुटिन भन्छन्, ‘यो हामीबीचको समझदारी हो । कहिलेकाँही भेट हुन्छ, हामी आफ्नै अलग–अलग जिन्दगी बिताइरहेका छौं ।’ ल्युडमिलाले पनि आफूले काममा नै बढी ध्यान दिने गरेको बताइन् ।

यसबारे पुटिन भन्छन्, ‘यो हामीबीचको समझदारी हो । कहिलेकाँही भेट हुन्छ, हामी आफ्नै अलग–अलग जिन्दगी बिताइरहेका छौं ।’ ल्युडमिलाले पनि आफूले काममा नै बढी ध्यान दिने गरेको बताइन् ।

छोरी मारिया सन् १९८५ मा जन्मिएकी थिइन् । मारियाले सेन्ट पिटर्सबर्ग विश्वविद्यालयबाट जीवविज्ञान पढिन् । यसपछि उनले मस्को स्टेट विश्वविद्यालयबाट पिएचडी पनि गरिन् । मारिया अध्यापन र लेखनमा नै व्यस्त छिन् । उनी एन्डोक्राइन सिस्टम विशेषज्ञका साथै एक व्यवसायी पनि हुन् । मारियाको विवाह नेदरल्यान्डका व्यवसायी जोर्रिट जुस्ट फसेनसँग भएको थियो । उनी पहिला रुसी ग्यास कम्पनीमा काम गर्दथे ।

कान्छी छोरी क्याटरिना सन् १९८६ मा पुटिन गुप्तचर अधिकारी भएकै समयमा जन्मिएकी थिइन् । उनले आफ्नो मामाघरकी हजुरआमाको थर तिखोनोभा लेख्छिन् । सेन्ट पिटर्सबर्ग स्टेट र मस्को स्टेट विश्वविद्यालयबाट भौतिक विज्ञान र गणितमा स्नातकोत्तर गरेकी छन् ।

पुटिनका छाेरीहरू मारिया र क्याटरिना

अध्ययनको साथसाथै तिखोनोभालाई जापानी संस्कृति र एक्रोबेटिक रक एन रोल नृत्य, बुगी–वुगीको एथलेटिकमा पनि रुचि राख्छिन् । सन् २०१३ मा उनी स्विट्जरल्यान्डमा भएको विश्व च्याम्पियनसिपमा पाँचौं स्थानमा आएकी थिइन् । क्याटरिनाले पुटिननिकट अर्बपति किरिल शामलोभसँग विवाह गरेकी थिइन् ।शामलोभलाई अमेरिकी सरकारले रुसको राष्ट्रपति कार्यालय ‘क्रेमलिनको व्यक्ति बैंक’ भनेको थियो । तर यी दुईबीच सन् २०१८ मा सम्बन्धविच्छेद भएको थियो ।

यसबाहेक पुटिनको तेस्री छोरी पनि रहेको अड्कल रुसमा गरिन्छ । सेन्ट पिटर्सबर्गको अपार्टमेन्टमा हुर्केकी र क्लिनरको रुप्मा काम गरेकी स्वेतलाना क्रिभोनोगिखबाट जन्मेकी एक छोरी गोप्य रुपमा राखिएको पेन्डोरा पेपर्सले खुलासा गरेको थियो ।

यसबाहेक पुटिनको तेस्री छोरी पनि रहेको अड्कल रुसमा गरिन्छ । सेन्ट पिटर्सबर्गको अपार्टमेन्टमा हुर्केकी र क्लिनरको रुप्मा काम गरेकी स्वेतलाना क्रिभोनोगिखबाट जन्मेकी एक छोरी गोप्य रुपमा राखिएको पेन्डोरा पेपर्सले खुलासा गरेको थियो ।

पेपर्सका अनुसार लुजिया नाम गरेकी छोरी जन्मिएको केही सातापछि नै ४६ वर्षीया क्रिभोनोगिख मोनाकोमा अपार्टमेन्टको मालिक बनेकी थिइन् । तर यसलाई रुसको राष्ट्रपति कार्यालयले अस्वीकार गरेको छ । यस विषयमा पुटिनले भनेका छन्, ‘मेरो व्यक्तिगत जीवनमा हस्तक्षेप गर्न अनुमति छैन । यसलाई सम्मान गर्नुपर्छ ।’

पुटिनका पूर्वज्वाइँले नवजात छोरी चोरेर मस्कोमा लुकाएको दाबी

पुटिनका छोरी र विश्वास पात्रमाथि अमेरिकाले लगायो प्रतिबन्ध

ताजा अपडेट

नेपालवाच विशेष