बेवारिसे सात थान मोटरसाइकल बरामद
काठमाडौं । प्रहरीले बेवारिसे अवस्थामा रहेका सात थान बुलेट मोटरसाइकल बरामद गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट ती मोटरसाइकल बरामद गरेको हो ।
बरामद गरिएका मोटरसाइकल आज भन्सार कार्यालयको जिम्मा लगाइएको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार भारतीय नाकाबाट भन्सार छली चोरीपैठारी गरेर मोटरसाइकल भित्र्याइएको हो ।
सुप प्र ०१–००९ प २०५०, से७प ८४८९, प्र०१–०४९ प ३३२६, बा४९प ९३२२, बा प्र ०२–०२३–२४७४, सुप प्र ०१–००९प ५१६६ र सु प प्र ०१–००८ प ५५९ नम्बरका मोटरसाइकल बरामद गरिएका हुन् । ती मोटरसाइकलको मूल्य रु २१ लाख बराबर रहेको बताइएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया