NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

मुलुकको ध्वस्त अर्थतन्त्र सुधार्न एमालेको सरकार आवश्यक : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको गहिरिदो अर्थतन्त्र उकास्नका लागि आगामी चुनावमा आफ्नो पार्टीको सरकार आवश्यक रहेको जिकिर गरेका छन् ।

बिहीबार एमाले बाँकेले नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आगामी चुनावमा एमालेले जितेमात्रै देशको देशको आर्थतन्त्रले गति लिने दाबी गरे ।

एमाले सरकारबाट हटेको ९ महिनामा देशको अर्थतन्त्र ध्वस्त भएको ओलीले जिकिर गरे । देशमा रोजगारी र उत्पादन बृद्धि गर्न आवश्यक लगानी गर्ने पुँजी नभएकाले समस्या आएको बताए ।

‘देशको अर्थतन्त्र ध्वस्त भएको छ । लगानी गर्ने पुँजी छैन’, उनले भने, ‘आवश्यक पुँजी नभएसम्म रोजगारी र उत्पादन बृद्धि हुन सक्दैनँ ।’

मुलुकलाई गरिबी र आर्थिक पछ्यौटेपनबाट मुक्त गर्न आगामी चुनावमा एमालेले बहुमत दिन आग्रह गरे ।