बार एशोसिएसनको अध्यक्षमा सत्ता गठबन्धनका घिमिरे जितनजिक, कसले कति मत ल्याए ?
काठमाडौं । नेपाल बार एशोसिएसनको अध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार गोपालकृष्ण घिमिरे जितनजिक देखिएका छन् ।
पछिल्लो अपडेट अनुसार घिमिरेले दुई हजार सात सय ६८ मत पाएका छन् । प्रतिस्पर्धी एमाले निकटका कानुन व्यवसायी विष्णुमणि अधिकारीले एक हजार चार सय एक ल्याएका छन् । घिमिरे सत्ता गठबन्धनबाट कांग्रेसको कोटाबाट अध्यक्षको उम्मेदवार बनेका थिए ।
घिमिरले एक हजार तीन सय ६७ मतले अग्रता लिएका हुन् । ६ बजेपछि अर्को अपडेट आउँदा घिमिरे विजय नजिक पुग्ने निर्वाचन समितिका एक सदस्यले जानकारी दिए ।
‘घिमिरेको झण्डै १४ सय मतको अग्रता छ । गणना हुन बाँकी मत काठमाडौंको मात्रै हो’ ती सदस्यले भने, ‘काठमाडौंमा त्यस्तै १७ १८ सय मत होला । यस्तोमा घिमिरेको जित लगभग पक्का भएको छ ।’
गठबन्धनमा माओवादी केन्द्र निकटकी उम्मेदवार अञ्जिता खनालले महासचिवमा दुई हजार चार सय ४७ मत ल्याएकी छिन् । प्रतिस्पर्धी एमाले निकटका उम्मेदवार केदार कोइरालाको एक हजार ६ सय मत आएको छ ।
कोषाध्यक्षमा जगत कार्कीको १४५२ र भरतबहादुर राउतले दुई हजार ६ सय ७३ मत ल्याएका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया