NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

पार्टीलाई समय दिन नसकेकोमा मन्त्री झाँक्रीले मागिन् माफी

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पार्टी काम समय दिन नसकेकोमा क्षमा मागेकी छिन् ।

निर्वाचन आचारसंहिता लाग्नुभन्दा अगाडि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको सैद्धान्तिक छलफल गरी योजना आयोगमा पठाउनुपर्ने भएको कार्यकर्तालाई समय दिन नसकेको प्रष्टीकरण दिएकी छिन् ।

‘यो हप्ता एकदमै व्यस्त छु । निर्वाचन आचारसंहिता लाग्नुभन्दा अघि गर्नुपर्ने काम, आगामी आर्थिक वर्षको नीति, कार्यक्रमको सैद्धान्तिक छलफल र त्यसको निर्णय गरेर राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालय पठाउनुपर्ने समय सीमा र आन्तरिक कामको कारणले गर्दा कतिपय साथी मन्त्रालय आएर पनि मसँग भेट हुन सकेको छैन’, बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छिन्, ‘कतिपय साथीहरूलाई समय दिन सकेको छैन । त्यसको लागि क्षमा चाहन्छु । यो हप्तापछि नियमित पार्टी काममा फर्कनेछु’,

 

ताजा अपडेट

नेपालवाच विशेष