विभिन्न देशमा राजदूत सिफारिस, मन्त्रिपरिषद्को बैठक जारी
काठमाडौं । मन्त्रिपरिषद् बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । करिब ३–४ घण्टादेखि बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बेठक बस्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छुट्टै बैठक गरेका थिए । विभिन्न देशमा राजदूत नियुक्ति टुंग्याउने विषयमा छलफल भएको हो ।
विभिन्न देशका राजदूत नियुक्त हुन बाँकी छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार आजै राजदूतको नाम फाइनल हुनेछ र शुक्रबार निर्णय बाहिर आउनेछ ।
साथै, आजको बैठकमा चुनावी तयारी, सरुवा, बढुवालगायतका विषयमा समेत छलफल हुनेछ ।
प्रधानमन्त्री देउवाले बिहीबार मात्रै कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा गोविन्द बन्दीलाई नियुक्त गरेका थिए । दिलेन्द्रप्रसाद बडूलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिँदै सो मन्त्रालयमा बन्दीलाई नियुक्त गरिएको हो ।
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया