२० देशमा राजदूत सिफारिस, को कहाँ ?
काठमाडौं । सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले २० जनालाई राजदूतका लागि सिफारिस गरेको हो ।
जसमा ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञ रहेको बालुवाटारनिकट स्रोतले जनाएको छ ।
कहाँ को ?
– चीनका लागि नेकपा (माओवादी केन्द्र)का नेता विष्णुपुकार श्रेष्ठ ।
– नेकपा (एकीकृत समाजवादी)को कोटामा रसियाका लागि मिलन तुलाधर, अष्ट्रेलियाका लागि केशवराज पोखरेल, मलेसियाका लागि डिल्ली पौडेल ।
– दक्षिण अफ्रिकाका लागि दानबहादुर बम्जन तामाङ, ओमानका लागि शर्मिला पराजुली, दक्षिण कोरियाका लागि ज्योति प्याकुरेल, जापानका लागि दुर्गाबहादुर सुवेदी ।
– जसपा नेता नवराज सुवेदीलगायत पनि राजदूत नियुक्तिका लागि सिफारिस भएका छन् । तर, कतिपयको बायोडाटा लिनुपर्ने र केही नामको योग्यताको बुझ्नुपर्ने भएकाले सबैको नाम आधिकारिक रूपमा बाहिर ल्याइएको भने छैन ।
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया